शिखर नगरपालिकाले ल्यायो ७१ करोडको बजेट (पूर्णपाठ)

१७ असार २०८१, सोमबार १७:१६

काठमाडौँ । डोटी जिल्लाको शिखर नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७१ करोड एक लाख ६७ हजारको बजेट ल्याएको हो ।

प्रस्तुत बजेट १५ औं नगर अधिवेशनको दोस्रो बैठकबाट सर्वसम्मत पारित गरिएको छ । नगर सरकारले संघीय सरकारबाट प्राप्त अनुदान अन्तरगत समानीकरण तर्फ १० करोड ५५ लाख, सशर्त अनुदान चालुुतर्फ ३३ करोड १७ लाख २२ हजार बजेट ल्याएको हो । पुँजीगत तर्फ २ करोड २३ लाख, समपूरक अनुदानतर्फ २ करोड ८० लाख, बिशेष अनुदानतर्फ ३ करोड ५५ लाख र राजस्व बाँडफाँडतर्फ ६७ लाख ६२ हजार बजेट ल्याएको छ ।

असार ७ गते नगर उप– प्रमुख सुनिता रावल जोराले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र पालिकाकाले निर्माण गरेका नीति पनि सर्वसम्मत पारित गरिएको छ ।

२०८१।०८२

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*