वाणिज्य बैंकका लगानीकर्ता बने मालामाल, सम्पूर्णको शेयरमूल्यमा उछाल (सूचीसहित)
काठमाडौं । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १६ दशमलव २९ अंकले बढेर २०५३.३८ को विन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै आज बैंकिङ्ग इन्डेक्स पनि २.०४ प्रतिशतले बढेर १०८८.६८ को विन्दुमा कायम भएको छ । सोमबार कारोबार भएका १९ वटा वाणिज्य बैंकमध्ये सम्पूर्णको शेयरमूल्य वृद्धि भएको छ ।
वाणिज्य बैंकहरुमध्ये एनएमबि बैंकको सबैभन्दा बढी ४.८३ प्रतिशतले वृद्धि भएर २६७ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, प्रभु बैंकको ४.४९ प्रतिशतले बढेर १४४ रुपैयाँ र नेपाल बैंक लिमिटेडको ४.४१ प्रतिशतले वृद्धि भएर २१३ रुपैयाँमा कारोबार भएको छ ।
साथै, लामो समय पश्चात वाणिज्य बैंकहरुको शेयरमूल्यमा हरियाली छाएको छ । सोमबार बैंकहरुको शेयरमूल्य न्यूनतम ०.१९ प्रतिशतदेखि ४.८३ प्रतिशतसम्मले वृद्धि भएको छ ।