धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट

१७ असार २०८१, सोमबार १६:३४

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अध्यक्षमा सर्टलिस्ट आएका सन्तोषनारायण श्रेष्ठले प्रक्रिया रद्द गर्न नमिल्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

नेपाल धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम अहिलेकै प्रक्रिया अगाडि बढाउनु पर्ने माग गर्दै श्रेष्ठ सर्वोच्च अदालतको ढोकामा पुगेका हुन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ संयोजक रहेको सिफारिस समितिको अध्यक्ष चयन प्रक्रिया रद्दको निर्णय गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*