असार अन्तिम दुई साताको दैनिक तथ्यांकमा प्राधिकरणको निगरानी, व्यवसाय वृद्धिमा चलखेल गर्ने बीमक संशकित

१७ असार २०८१, सोमबार १५:४३

काठमाडौं । बीमा कम्पनीहरुले असारको चटारोमा यस बर्ष कारोबारमा चलखेल गर्न नपाउने भएको छ । बीमा प्राधिकरणले लाइभ तथ्यांकबाट असार १५ गतेदेखि कम्पनीहरुलाई निगरानी राख्न सुरु गरिसकेको छ।प्राधिकरणले असार १५ गतेदखि दैनिक तथ्यांकमा निगरानी राखेसँगै असार मसान्तमा व्यवसाय वृद्धिमा चलखेल गर्दै आएको कम्पनीहरु यति बेला शंसकित बनेका छन् ।

गत मंसिर महिनामै तयारी अवस्थामा रहेको लाइभ तथ्यांक कम्पनीहरुले तत्कालै लागू गर्न नसक्ने भन्दै पछि सारेको मिति तय भएर सफट्वयरमा अपडेट गर्न सुरु भई सकेको छ।हाल पनि असारमा केही कारोबार आलटाल गरेर अघि बढ्ने तयारीमा रहेको कम्पनीहरुले भने प्राधिकरणको यो निर्णय विरुद्ध अभिव्यक्ति दिँदै आईरहेका छन् । बीमकको यो अभिव्यत्तिलाई वेवास्ता गर्दै प्राधिकरणले भने यो निर्णय अघि बढाएको हो ।

यसअघि साउनको तुलनामा केही अप्रत्यास रुपमा वृद्धि हुने कम्पनीहरुको तथ्यांकलाई यो बर्ष बीमा प्राधिकरणले यो बर्ष लाइभ तथ्यांकको माध्यमबाट नजिकबाट नियाल्न पाउने भएका छन् । साउनमा व्यवसाय वृद्धिमा चलखेल गर्दै आएका कम्पनीहरु भने यो बर्षदेखि शंसकीत बनेका छन् ।

प्राधिकरणका एक अधिकारीले नियामक निकायको हैसियतले असारमा बीमा कम्पनीहरुको रियल टाइम डाटाको निगरानी राख्ने काममा अध्यक्ष सूर्यप्रसाद सिलवालले आइटी र वित्तिय विभागलाई जिम्मेवारी दिएको बताएका छन् । असार १५ देखि ३१ गतेसम्म १६ दिनसम्मको तथ्यांक प्राधिकरणले केलाउने तयारीमा लागिसकेको बुझिएको छ ।

प्राधिकरणका अनुसार यही असार १६ गतेदेखि औपचारिक रुपमा रियल टाईम डाटा इन्ट्रिगेशनको काम भईसकेको छ।

हाल उक्त कार्य यसअघिको दर्शनटेक प्रा.लि भनेर काम गरेको र हाल नाम परिवर्तन गरी बनेको फोनइन्स्योर नामक आईटी कम्पनीले गरिरहेको छ ।

उक्त कम्पनी एफवान सफ्ट मातहतको कम्पनी हो । एफवान सफ्टकै अर्को कम्पनी इसेवा वालेट हो । इसेवाले एपिआईआर्फत सबै बीमा कम्पनीहरुको तथ्याङ्क आफ्नो वालेटमा लिङ्क गरिसकेको छ ।

। संस्थागत बीमा अभिकर्ताको लाइसेन्स लिएको कम्पनी इसेवाको सिष्टर कम्पनी फोनइन्स्योर मार्फत नियामक नेपाल बीमा प्राधिकरणले रियल टाइम डाटा प्राप्त गरेर मनिटरिङ गर्न लागेको छ।

यसअघि बीमा प्राधिकरणमा जोडिएको आईआरएमआईएस सफ्टवरले वर्षौसम्म काम गर्न नसकेर भर्खरै मात्रै आंशिक रुपमा सञ्चालित छ । सो आईआरएमआईएस सफ्टवर पनि अहिलेकै फोनइन्स्योर नामक आईटी कम्पनीले नै बनाएको हो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*