पछिल्लो ३६ महिनामा बाह्रसिंगे उत्पादक याक ब्रुइङले गर्यो साढे २ अर्ब व्यापार

काठमाडौँ । बाह्रसिंगे बियर उत्पादन याक ब्रुइङ प्रालिले पछिल्लो ३६ महिनामा साढे २ अर्बको व्यापार गरेको छ । इक्राका अनुसार कम्पनीले ३६ महिनाको अवधिमा २ अर्ब ५४ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२३ मा ९२ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जुन सन् २०२२ को भन्दा ५ प्रतिशत कम हो । सन् २०२२ मा यस कम्पनीले ९७ करोड २० लाख, सन् २०२१ मा ६४ करोड ६० लाख र सन् २०२० मा २७ करोड २० लाख रुपैयाँको व्यापार गरेको हो । सन् २०१३ मा स्थापित याक ब्रुइङ कम्पनी प्राइभेट लिमिटेड एक मदिरा बनाउने उद्योग हो । यसको कारखाना कुरिन्टार–४, इच्छाकामना गाविस, चितवनमा छ । कम्पनीले १ अर्ब ८४ करोड ३५ लाख बैंक कर्जाका लागि रेटिङ गराएको छ । जसमध्ये, लङ ट्रम ८१ करोड ८२ लाख रुपैयाँका लागि ‘आइआरएन बीब’ र सर्ट ट्रम बैंक कर्जाका लागि १ अर्ब २ करोड ५३ लाख कर्जाका लागि ‘आइआरएन ए४’ रेटिङ प्राप्त गरेको छ ।