सैपाल हिमालको काखमा नेपाल टेलिकमको सेवा

१७ असार २०८१, सोमबार १२:०१

काठमाडौँ । नेपाल टेलिकमले हुम्ला, बाजुरा र बझाङको सिमा क्षेत्रमा पर्ने सैपाल हिमालको काखमा अवस्थित हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ३ रानीसैनमा गत असार ९ देखि भीस्याट प्रविधिमार्फत टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ । यहाँ पहिले कुनै पनि सञ्चार सुविधा थिएन ।

भीस्याट सेवा सञ्चालनका लागि आवश्यक उपकरण हुम्लाको ताँजाकोट जिमाना देखि करिव चार दिन सम्म मानिसले बोकेर रानीसैन पु(याएका थिए । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*