रविले पाखुरा बजार्दा बुढानीलकण्ठमा भुईचालो, आरजुले किन गरिन् ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव ?

१७ असार २०८१, सोमबार १०:३४

काठमाडौं । भ्रष्टाचार र कुशासनका विरुद्धमा कुनै सम्झौता नगर्ने र भ्रष्टहरुले बिगारेको देश सुधार्ने भन्दै उपप्रधान मन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सिंहदरवारमा पाखुरा बजार्दा बुढानिलकण्ठस्थित देउवा निवासमा महाविनासकारी भुकम्प गएको छ । जसको परिणाम कांग्रेस सभापति शेर बहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव राख्न पुगेका छन् ।

शनिबार बालकोटस्थित एमाले अध्यक्ष केपी ओली निवासमा कांग्रेस सभापति देउवाले पत्नी आरजु राणासहित दुई घण्टा बिताए । त्यसपछि हिजो आइतबार मध्यराति फेरि ओली र देउवाबीचमा भेटघाट भयो । घटना जम्मा यत्ति हो । तर, यो घटना सिंहदरवारमा गृहमन्त्री रवि लामिछानेले लिएको एक्सनको परकम्प मात्रै थियो ।

गृहमन्त्री लामिछानेले अघिल्लो साता भुटानी शरणार्थी बनाएर नेपाली नागरिकहरुलाई अमेरिका तस्करी गर्ने धन्दामा रहेका बाँकी तस्कर र त्यसको नाइकेलाई कुनै पनि हालतमा नछोड्नु भन्दै प्रहरी प्रमुखलाई निर्देशनका दिएका थिए । त्यस लगत्तै प्रहरीले सो घटनाका माथिल्लो तहका बिचौलिया बेचेन झा र प्रतिक थापालाई पक्राउ गर्यो ।

जब उल्लेखित दुई व्यक्ति पक्राउ परे तब आरजु राणाको सातो जान सुरु भयो । अनि सुरु भयो बुढानिलकण्ठमा छटपटी । ७८ बर्षिय कांग्रेस सभापति देउवालाई बुढेसकालमा श्रीमतीलाई प्रहरी हिराशतमा बसेको आफ्नै आँखाले देख्नुपर्ने दिन नजिकिँदै गएको भान भयो । त्यही छटपटिको परिणाम प्रधानमन्त्रीको रुपमा केपी ओलीलाई स्वीकार गर्ने भन्ने प्रस्ताव बालकोट पुर्याइयो । अनि शनिबार र आइतबारको भेटघाटको मिति तय गरिएको थियो ।

शनिबार अपरान्ह दुई घण्टा भएको भेटवार्तामा कांग्रेस सभापति देउवाले केपी ओलीलाई प्रधानमन्त्री बनाउने र त्यसको लागि चाहिएको मन्त्रालय समेत दिने प्रस्ताव गरेका थिए । आज प्रकाशित अधिकांश पत्रपत्रिकाले आरजुको साथमा बालकोट पुगेका देउवाले ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको सम्बन्धी समाचार छ । सो मध्ये काठमाडौंबाट सञ्चालित भारतीय पत्रिका दि हिमालयन टाइम्सले पनि बाहिर देखिएको भेटवार्ताभन्दा धेरै कुरा रहेको भन्दै समाचार प्रकाशित गरेको छ । अधिकांश पत्रपत्रिकाहरुले प्रधानमन्त्री प्रचण्डको पद धरापमा परेको भन्दै समाचारहरु प्रकाशित गरिरहेका छन् ।
यथार्थ के हो ?

राष्ट्रवादी र नोटमा चुच्चे नक्सा जारी गर्ने मुख्य योजनाकार केपी ओलीलाई भारतले कुनै पनि हालतमा प्रधानमन्त्री बनाउन चाहदैन । केपी ओलीलाई प्रधानमन्त्री बनाएको खण्डमा चुच्चे नक्सा नेपालको सबै पाठ्यक्रममा प्रकाशित हुन्छ भन्ने कुरा भारतलाई राम्रोसँग थाहा छ । त्यसैले केपी ओली त के केपी ओलीको पहलमा बनेको जुनसुकै सरकार भारतका लागि टाउको दुखाईको विषय हुनेछ ।
भारतीय प्रभाव राम्रो रहेको कांग्रेसभित्र तत्कालै एमालेलाई समर्थन गर्ने विषयमा केन्द्रीय समितिले निर्णय गर्दछ भनेर पत्याउन र विश्वास गर्न सकिदैन । यदि केन्द्रीय समितिको निर्णय र योजनाबद्ध रुपमा कांग्रेस ओलीलाई प्रधानमन्त्री बनाउन चाहेको भए कुनै न कुनै एक केन्द्रीय सदस्य लिएर आरजु नलिई देउवा ओली निवासमा पुग्थे । ७८ बर्षिय बयोबृद्ध देउवा श्रीमतीसहित पुगेकोले उक्त भेटवार्ता राजनीतिक भन्दा पनि व्यक्तिगत भएको बुझिएको छ ।

उता, गृहमन्त्रालयको आदेशसँगै नेपाली कांग्रेसका दुई प्रभावशाली नेतालाई पक्राउ गर्ने तयारी प्रहरीले थालेको छ । सम्भवतः आजै वा केहीदिनभित्रैमा भुटानी शरणार्थी काण्डमा संलग्न व्यक्तिहरु पक्राउ पर्ने विश्वास गरिएको छ । –फाइल तस्विर

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*