सिटिजन्स बैंकका सञ्चालक सजन शर्माको राजिनामा स्वीकृत
१७ असार २०८१, सोमबार १०:३०
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडका सञ्चालक समिति सदस्य सजन शर्माले दिएको राजिनामा स्वीकृत भएको छ ।
बैंकका सञ्चालक शर्माको राजिनामा सञ्चालक समितिको असार १६ गते दिनको ४ बजे बसेको बैठकले स्वीकृत गरेको हो ।