नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रकाउ परेका झालाई ७ दिन थुनामा राख्न अनुमति
काठमाडौं । नक्कली भुटानी शरणार्थीको प्रकरणमा प्रकाउ परेका बेचन झालाई जिल्ला अदालत काठमाडौंले सात दिन थुनामा राख्न अनुमति दिएको छ ।जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई सात दिन थुनामा राख्न अनुमति दिएको हो ।
पक्राउ परेका झालाई आइतबार म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत पेश गरेको थियो ।
परेका मितिले ७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
प्रहरीको ब्युरोको टोलीले उनलाई भारतबाट प्रकाउ गरेर काठमाडौँ प्रहरीलाई जिम्मा लगाएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएदेखि नै फरार रहेका झाको संलग्नता भने अन्तिममा मात्र खुलेको थियो ।
छानबिनका क्रममा उनको नाममा हिमालय बैङ्कको २ करोड रुपैयाँको चेक रामशरण केसीले काटिदिएको पाइएपछि प्रहरीले खोजी सुरु गरेको थियो ।