संसदबाट आर्थिक विधेयक बहुमतले पारित
१६ असार २०८१, आईतवार १६:१५
काठमाडौँ । प्रतिनिधि सभाबाट आर्थिक विधेयक २०८१ बहुमतले पारित भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक पारित गरियोस भनेर संसदमा प्रस्ताव प्रस्तुत गरेका थिए ।
सभामुख देवराज घिमिरेले उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन् ।