निरन्तर घट्दो क्रममा अपर तामाकोशीको शेयर, कट अफ प्राइस नजिक मूल्य
१६ असार २०८१, आईतवार १५:३३
काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावरको शेयर मूल्य निरन्तर ओरालो लागि रहेको छ । पछिल्लो समय कम्पनीको शेयर निरन्तर घट्दा मूल्य कट अफ प्राइस पुग्न थालेको हो ।
आज कम्पनीको शेयर मूल्य १५३.१० रुपैयाँमा सीमित भएको छ । अपर तामाकोशीको लिलामीको कट अफ प्राइस १४७ रुपैयाँ आएको थियो । अब कट अफ प्राइसमा शेयर मूल्य पुग्न ६.१० रुपैयाँ बाँकी रहेको छ ।
कम्पनीको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएपछि आपूर्ति बढी भएकाले शेयरको मूल्य ओरालो लागि रहेको आंकलन जानकारहरुका छन् । अहिलेको अवस्थामा शेयर मूल्य घट्ने हो भने कट अप प्राइसमा पुग्ने पक्का पक्की जस्तै छ ।
कम्पनीले पुस १३ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा ल्याएको थियो । कम्पनीले सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख १९ हजार ५३० कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको थियो ।