१४.८३ अकंले घट्यो बजारः परिसूचक समेत खुम्चिदै, किन आइरहेको छ सुस्तता ?

१६ असार २०८१, आईतवार १५:०५

काठमाडौँ । शेयर बजार निरन्तर ओरालो लागि रहेको छ । पछिल्लो तीन दिन बजार ओरालो लाग्दा लगानीकर्ताले ठुलो रकम गुमाएका छन् । मौद्रिक नीतिको अपेक्षामा लगानीकर्ता रहेका छन् । नीतिगत सुधारको लागि लगानीकर्ताले राष्ट्र बैंकको दैलोमा बेला बेला पुग्ने गरेको छ । अब लगानीकर्ताले आश्वासन भन्दा काम गरेर देखाउनु पर्ने अवस्था छ ।

आर्थिक वर्ष सकिन लाग्ने केहि साता मात्र बाँकी छ । लगानीकर्ता कम्पनीको वित्तीय रिपोर्ट समेत कुरेर बसेका छन् । ब्याजदर ओरालो लागि रहेको हुँदा नीतिगत सुधार हुँदा बजारले लय लिने देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.८३ अकंले घटेर २०३७.०९ बिन्दुमा बन्द भएको छ । आज ३२० कम्पनीको ९१ लाख ७८ हजार ८९५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६० करोड ७१ लाख ९८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन ११ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.७० प्रतिशत, विकास बैंक समूहको ०.८० प्रतिशत, होटल तथा पर्यटन समूहको ०.४० प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.६६ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*