चार लघुवित्तले असार महिनामै एकीकृत कारोबार गर्दै, कारोबार रोक्का

१६ असार २०८१, आईतवार १३:०९

काठमाडौं । चार लघुवित्त कम्पनीहरुले मर्जरपश्चात् असार महिनाभित्रै एकीकृत कारोबार गर्ने तयारी गरेका छन्। चार कम्पनीको हाल दोस्रो बजारमा शेयर कारोबार रोक्का छ ।

जाल्पा सामुदायिक र किसान लघुवित्तले आगामी २७ गते मातृभूमिको नामबाट कारोबार गर्ने भएको छ। यी दुबै लघुवित्तलाई राष्ट्र बैंकले जेठ २९ गते एकीकृत कारोबारको लागि स्वीकृती प्रदान गरिसकेको छ।

त्यस्तै, दोस्रोमा समता घरेल्ु लघुवित्त र मनकामना स्मार्ट लघुवित्त रहेको छ। यी दुबै लघुवित्तले मनकामना स्माट लघुवित्तको नामबाट असार २४ गतेदेखि एकीकृत कारोबार गर्ने तयारीमा रहेको छ।

राष्ट्र बैंकका अनुसार सैद्धान्तिक सहमति पाएको तीन महिनाभित्र मर्जर गरिसक्नुपर्ने हुन्छ । अन्य लघुवित्तहरुले सौद्धान्तिम सहमती पाएपनि मर्जरको प्रकृयामा अघि बढेका छैनन् ।

आर्थिक वर्ष २०७५÷७६ को मौद्रिक नीतिमार्फत इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त संस्थालाई सोही वर्गको अर्को संस्थासँग मर्जर वा प्राप्तिका लागि प्रोत्साहन गर्न लघुवित्त संस्थालाई थप सहुलियतसम्बन्धी व्यवस्था गरिएको थियो । सो आधारमा असार मसान्तसम्म मर्जरमा गएर एकिकृत कारोबार सुचारु गर्ने लघुवित्तहरुले सरकारबाट यो सुविधा पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*