धनकुटामा ओरिएण्टल इन्स्योरेन्सको कृषि तथा पशुपंछी बीमा अभिकर्ता तालिम सम्पन्न

१६ असार २०८१, आईतवार १२:३८

काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले धनकुटाको हिलेमा कृषि तथा पशुपंछी बिमा सम्बंधी दुई दिने आधारभूत तालिम सम्पन्न गरेको छ ।

कृषि तथा पशु प्राबिधिकहरुलाई लक्षित गरि आयोजना गरिएको सो तालिमको उदघाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रोवर्तिले गरेका हुन् । सो अवसरमा सीईओ चक्रोवर्तिले कृषि राष्ट्रको समुन्नत विकासको मूल आधार भएको हुदा किसानहरूको घर–घर मा बीमाको पहुँच पुगोस भन्ने हेतुले उक्त तालिमको आयोजना गरिएको बताए ।

देशको आर्थिक विकासका लागि नेपाली किसान दाजु भाईहरुले गरेको योगदानको कदर गर्दै कृषि सम्बन्धि कुनै पनि बीमा गर्न ओरिएण्टल इन्स्योरेन्स सदैब तयार रहको जानकारी गराए । तालिम लिएपछि ग्रामिण भेगमा गएर कृषकहरुको बालि पशुपंछी तथा जडिबुटीहरुको बीमा गरी भविष्यमा हुन सक्ने सम्भावित क्षतिको सुरक्षण गर्ने समेत जानकारी दिए ।

सो तालिमका लागि देशका विभिन्न जिल्लाबाट प्राबिधिकहरुले सहभागिता जनाएको कम्पनीले जनाएको छ । कृषि बीमा अभिकर्ता बन्न पाउँदा आफुहरुलाई बीमा पहुँच बढाउन अझ धेरै हौसला मिलेको महसुस गरेको सहभागी अभिकर्ताहरूले जनाँए । २०८१ अषाढ १३ र १४ गत्ते आयोजना गरिएको तालिमको अभिकर्ताहरुलाई नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्रको लागि परीक्षाको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*