बिवाईडीद्वारा बजेटको सूचना चुहाएर कर छलि

१६ असार २०८१, आईतवार १२:३६

काठमाडौँ । किलोवाट ढाँटेर विद्युतीय गाडी आयात गरी अर्बौ राजस्व छलि गर्ने चिनियाँ गाडी बिवाईडीको नेपाली बिक्रेता कम्पनी साइमेक्स इंकले थप अर्का घोटाला गरेको खुलासा भएको छ । कम्पनीले राजनीतिक सेटिङमा विद्युतीय गाडीसम्बन्धी नीति बनाउने क्रममै चलखेल गरेको खुलेको हो ।

राजस्व छलीसम्बन्धी अनुसन्धान चलि रहेको बेला नीतिमा चलखेल गरेको राजस्व अनुसन्धान विभाग स्रोतले जनाएको छ । विभागले साइमेक्स इंकको कागजात नियन्त्रणमा लिइ अनुसन्धान गरी रहेको बेला नीतिगत चलखेल गरेको खुल्न आएको छ । साइमेक्स इंकले बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रितेश शाक्यलगायत केहि नेताहरुसँगको सहकार्यमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा विद्युतीय गाडीसम्बन्धी नीति आफूअनुकूल हुने गरी बनाउन सफल भएको देखिएको हो । शाक्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा अदालतमा मुद्धा दायर गरिसकेको छ । उनी माथि मुद्वा लागेपछि निलम्बनमा परेका छन् ।

सह–सचिव शाक्यले साइमेक्स इंकलाई विद्युतीय गाडीमा कर बढ्ने सूचना चुहाएका हुन् । विद्युतीय गाडीमा करको दर हेरफेर हुने सूचना लिएपश्चात् आयात गरिएका गाडीको भन्सार जाँचपास गराउन रसुवागढी र तातोपानी नाकामा रातिसम्म काम गरिएको थियो । भन्सारका कर्मचारीलाई सत्तापक्षका केहि शिर्ष नेताहरुले बीवाईडिका गाडि बजेट अघि भन्सार पास गर्ने समेत दबाब दिएका थिए । जसले गर्दा राज्यलाई अर्बौ घाटा लागेको छ ।

बिवाईडीद्धारा करिब दुई अर्ब कर छली, भन्सार विभागद्धारा छानविनमा आनाकानी

राजनीतिक सेटिङमा बजेट प्रस्तुत हुनुअगाडि नै साइमेक्स इंकले हजारौं गाडी आयात गरी जेठ १५ गते रातिसम्म रसुवागढी र तातोपानी भन्सार नाकाबाट जाँचपास गराउन सफल भएको भन्सार स्रोतले जनाएको छ । जेठ पहिलो सातामा रसुवागढी भन्सार नाकाबाट ४ सय ८८ वटा विद्युतीय गाडीको भन्सार जाँचपास भएकोमा बीवाईडीका अट्टो थ्री मोडलका गाडीमात्रै ३ सय ३६ वटा भित्रिएका थिए ।

आर्थिक विधेयक २०८१ मा ५० किलोवाटसम्मको विद्युतीय गाडीमा १५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तःशुल्क लिने व्यवस्था गरिएको छ । यसअघि १० प्रतिशत भन्सारदर मात्रै रहेको थियो ।

यस्तै, ५१ देखि १०० किलोवाटमा थप ५/५ प्रतिशत भन्सार र अन्तःशुल्क बढाइसकेको छ । १०१ देखि २०० किलोवाटसम्मका गाडीमा ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तःशुल्क रहेको छ । २०१ देखि ३०० किलोवाटमा २० प्रतिशत भन्सार बढाएको छ। १० प्रतिशत अन्तःशुल्क घटेको छ । ३०० किलोवाटभन्दा बढीमा २० प्रतिशत भन्सार बढेको छ । तर, १० प्रतिशत अन्तःशुल्क घटेको छ ।

अर्बौ राजस्व छलि गर्ने बिवाईडीको साइमेक्स इंकमा राजस्व अनुसन्धान विभागको छापा

जेठ महिनामा अहिलेसम्मकै सबैभन्दा धेरै २ हजार ९ सय ६९ वटा विद्युतीय गाडी नेपाल आयात भएको छ । जसमा सबैभन्दा बढी गाडी बीवाईडिको रहेका रहेका छन् ।

बिवाईडीको गुणस्तरमा समस्या, ढुवानी गर्दा बाटोमा कुच्चिएपछि दुबई र युरोपमा हजारौँ गाडी बिक्री भएनन्

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*