जन्मदिनमा सानिमा रिलायन्स लाइफको जीवन बीमा पोलिसी उपहार

१६ असार २०८१, आईतवार ११:३२

काठमाडौँ । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्तिको बिकास भएको हो ।

यसैक्रममा, नेपालगंज १४ बाँकेका अनिल कुमार वर्मा र लक्ष्मी कुमारी वर्माले सातौं जन्मदिनको अवसरमा आफ्नो छोरा आयु वर्मालाई सानिमा रिलायन्स लाइफको ‘मेरो मुटु बाल जीवन बीमा योजना’ उपहार दिएका छन् । आफ्नो छोराको सातौं जन्मदिनमा उसको भविष्य सुनिश्चितको लागि सानिमा रिलायन्स लाइफको बाल बीमा अन्तर्गत मेरो मुटु बाल जीवन बीमा योजना उपहार दिएको वर्मा परिवार बताउँछन् ।

जन्म दिनमा अन्य उपहारको सट्टा मेरो मुटु जीवन बीमा पोलिसी उपहार दिंदा एक जना प्रस्तावक सहित आफ्नो बच्चाको समेत सुरक्षा हुने भएकोले उनीहरूले खुशी व्यक्त गरेका छन्। आफ्नो बच्चाको उच्च शिक्षा र उज्ज्वल भविष्यका लागि जन्म दिनकै दिन पारेर बीमा पोलिसी मार्फत बचत गर्न सुरुवात गर्दा आफूलाई परिवार प्रति अझै जिम्मेवार महसुस भएको र आफू जस्तै अन्य अभिभावकहरुलाई पनि यस्तै संस्कारको सुरुवात गर्न सल्लाह दिन चाहेको बताए ।

उक्त कार्यक्रममा नेपालगंज –२ शाखा प्रमुख पंकज गुप्ता, मार्केटिङ्ग अफिसर जितेन्द्र कुमार ओलि, चिफ एजेन्सि म्यानेजर आलोक मिश्र सहित अन्य अभिकर्ताहरूको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*