एक वर्षमा मलिका स्टील्सको व्यापार साढे ९४ करोड

१६ असार २०८१, आईतवार ११:३१

काठमाडौँ । पछिल्लो समय मलिका स्टील्स व्यापारमा सुधार भइरहेको छ । कम्पनीले एक अर्बको अवधिमा करिब साढे ९४ करोड रुपैयाँको व्यापार गरेको हो ।

इक्रा नेपालका अनुसार कम्पनीले कम्पनीले सन् २०२३ मा ९४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो । आर्थिक मन्दी तथा विकास निर्माण थप्प हुँदा समेत कम्पनीले सन्तोषजनक व्यापार गरेको देखिन्छ ।

कम्पनी सन् २०२१, २७ अप्रिलमा स्टिल निर्माणको लागि स्थापित भएको हो । कम्पनीको उत्पादन केन्द्र टिकापुर, कैलालीमा रहेको छ । कम्पनीले वार्षिक २६ हजार ८१२ मेट्रिक टन स्टिल उत्पादन गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*