ग्रामिण विकास लघुवित्तको नवौं वार्षिक साधारण सम्पन्न, सम्पूर्ण प्रस्ताव पारित

१६ असार २०८१, आईतवार ११:१७

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष भरतराज कोईलाराको अध्यक्षतामा कम्पनीको प्रधान कार्यालय बुटवलमा नवौं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ । साथै, सोही सभाले चालू आव २०८०।८१ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

सभाले अन्य कुनै वित्तीय संस्थासँग एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्तिका लागि मर्जर समिति गठन गर्ने र उपयुक्त लघुवित्त संस्था पहिचान गरी सहमतिपत्रमा हस्ताक्षर गर्ने र सोसम्बन्धी अन्य आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।

सभा प्रयोजनार्थ कम्पनीले असार ३ गते एक दिन बुक क्लोज गरिसकेको थियो । यसका आधारमा असार २ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्रै उक्त सभामा भाग लिन पाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*