गायक रामकृष्ण ढकालको घर खाने लालीगुराँस सहकारीका सीइओ भण्डारी पक्राउ

१६ असार २०८१, आईतवार ११:०७

काठमाडौँ । लोकप्रिय गायक रामकृष्ण ढकालको घर लिलामीमा लिने लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।

ढकाल र उनकी श्रीमती निलम शाह ढकालले पौने ६ करोडभन्दा बढी श्री लालीगुराँस सहकारीलाई तिर्नुपर्ने सुचना २०७६ साउन २३ गते निकालिएको थियो । तर सहकारीले ढकालसँग करोडौं पैसा लिएरपनि उनको ६ करोडभन्दा बढी मुल्य पर्ने घर पनि लिलामी गरेर आफै सकारिसकेको थियो । सकारेको उक्त घरमा भण्डारीले आफ्नै दाई अमृत भण्डारीलाई दिएका थिए ।

उनै सुरेन्द्रलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले लालीगुराँस सहकारीको ६ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा काठमाडौँको विशालनगरबाट पक्राउ गरिएको हो । सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुन २०८० मा समस्याग्रस्त सहकारी घोषणा गरेको थियो । उक्त सहकारीले बचतकर्ताको १० अर्ब भन्दा बढि ठगेको अभियोग छ ।

रकम अपचलन गरेको आरोपमा सुरेन्द्रबिरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । भन्डारी नेपाली कांग्रेस सहकारी विभागका पूर्व सचिब हुन् ।

One thought on “गायक रामकृष्ण ढकालको घर खाने लालीगुराँस सहकारीका सीइओ भण्डारी पक्राउ

  1. नवीन कुमार श्रेष्ठ says:

    हरेक विषयको हद निर्धारण गरिदिएको छ, प्रकृतिले। त्यसैको परिणाम हो गलत भय कानुन को दायरामा त आउनै पर्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*