रिडी पावरको अध्यक्षमा कुबेरमणी नेपाल र प्रबन्ध सञ्चालकमा सन्तोष न्यौपाने नियुक्त

१६ असार २०८१, आईतवार १०:५६

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको अध्यक्षमा कुबेरमणी नेपाल नियुक्त भएका छन् । तत्कालिन अध्यक्ष सन्जिव न्यौपानेले आफनो व्यक्तिगत कारण देखाई दिनु भएको राजिनामा स्वीकृत भएसँगै रिक्त रहेको अध्यक्ष पदमा नेपाललाई सञ्चालक समितिले चयन गरेको हो ।

साथै, कम्पनीको प्रबन्ध सञ्चालकमा समितिले रिक्त रहेको प्रबन्ध सञ्चालक पदमा नव नियुक्त सञ्चालक सन्तोष अधिकारीलाई नियुक्त गरेको छ ।

कम्पनीको असार १४ गते शुक्रबार बसेको सञ्चालक समिति बैठकले सञ्चालक समिति नयाँ अध्यक्ष चयनदेखि प्रबन्ध सञ्चालक नियुक्त र तत्कालिा अध्यक्ष न्यौपानेको राजिना स्वीकृत लगायतका निर्णय गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*