कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

१६ असार २०८१, आईतवार ०८:२२

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको तीन हजार २११ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ ।

संस्थापक शेयरधनीहरूले किन्न नचाहेपछि उक्त शेयर सर्वसाधारणमा बिक्री खुला गरिएको हो । सो शेयर किन्न इच्छुकले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।

बिक्रीमा राखिएको शेयरको मूल्यभने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*