नेशनल लाइफको दुई लाख कित्ता संस्थापक शेयर बिक्रीमा
१६ असार २०८१, आईतवार ०७:४५
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनी आराधना मल्लको नाममा रहेको दुई लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी सो शेयर बिक्रीमा ल्याएको हो ।
शेयर किन्न इच्छुक संस्थापकले ३५ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ । उक्त शेयरको बिक्री मूल्य नियमानुसार हुने प्रचलित मूल्यभन्दा कम नहुने कम्पनीले जनाएको छ ।
साथै तोकिएको म्यादभित्र संस्थापकहरूबाट शेयर खरीदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने सूचनामा उल्लेख गरिएको छ ।