देब आदर्शलाई दियो आइएमई लाइफले बीमा दावी रकम

१४ असार २०८१, शुक्रबार २०:१२

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले श्रीदेब आदर्श बचत तथा ऋण सहकारी संस्था, गितानगरका शेयर सदस्य स्व.भुमिका प्रसाद कोईरालाको परिवारलाई बीमा दावि रकम एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको छ ।

भरतपुर ६ को श्रीदेब आदर्श बचत तथा ऋण सहकारी संस्था लि र आइएमई लाइफ ईन्स्योरेन्सबीच भएको म्यादि बीमा वापतको रकम कम्पनीले सहकारिलाई र सहकारिले शेयर सदस्यको परिवारलाई हस्तान्तरण गरिएको हो ।

भरतपुर महानगरपालिका वडा नं ६ का वडाध्यक्ष कृष्णलाल श्रेष्ठ प्रमुख अतिथि, कम्पनीका क्षेत्रिय कार्यालय प्रमुख यशोदा ढुङ्गाना तिमिल्सेना, वडा सदस्य रुद्र अधिकारी विशिष्ठ अतिथि, आईएमई लाइफका हाकिम चोक शाखा प्रमुख सर्मिला राना भाट एमडिआरटि जानुका अधिकारी अतिथि रहेको कार्यक्रममा बीमा वापतको रकम शेयर सदस्य भुमिका प्रसाद कोईरालाको परिवारका सदस्य एंव उनकी पत्नि भुमिका कोईराला र छोरा प्रभात कोईरालालाई प्रमुख अतिथि विशिष्ट अतिथि संस्थाका अध्यक्ष आईएमई लाइफका प्रतिनिधिले सम्युक्त रुपमा हस्तान्तरण गरेका थिए ।

बीमादावि रकम हस्तान्तरण पश्चात् संस्थाका संस्थापक शेयर सदस्य रमेश प्रसाद कोईराला, बीमा कम्पनीको प्रतिनिधि क्षेत्रिय प्रमुख यशोदा ढुङना तिमिल्सेना, प्रमुख अतिथि कृष्णलाल श्रेष्ठले बीमाको बारेमा बताए ।

कार्यक्रम सहकारिका अध्यक्ष ध्रुबराज मिश्रको अध्यक्षतामा संस्थाको कार्यालय गितानगरमा सम्पन्न भएको कुरा संस्थाका सचिब महेन्द्र प्रसाद कोईरालाले जानकारि गराए ।

One thought on “देब आदर्शलाई दियो आइएमई लाइफले बीमा दावी रकम

  1. Dhruba raj mishra says:

    Tq

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*