मर्जरपछिको नामाकरणमा सबैको र साधना लघुवित्तको विवाद समाधान

१४ असार २०८१, शुक्रबार १९:२६

काठमाडौं। सबैको लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्थाका कर्मचारीको माग पूरा गर्ने सहमती भएको छ।

तत्कालिन सबैको लघुवित्त र साधना लघुवित्त मिलेर बन्ने कम्पनीको नाममा नेपाल राष्ट्र बैंकले पुन सहजीकरण गरेपछि विवाद समाधान गर्ने बाटो फराकिलो भएको हो ।

नेपाल राष्ट्र बैंकले सबैको र साधना लघुवित्त मिलेर बन्ने कम्पनीको नाम सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड जुराएदिएपछि नामको कारण सृजित विवाद तत्कालनका लागि समाधान भएको छ।नामै कारण विवाद थप विवाद बढ्ने देखिएपछि केन्द्रीय बैंकले असार १३ गते सम्पदा लघुवित्त वित्तीय संस्था नामकरण गर्न स्वीकृति दिएको हो ।

राष्ट्र बैंकले गत जेठ २९ गते सबैको लघुवित्त र साधना लघुवित्त मर्ज भएर बन्ने कम्पनीको नाम साधना लघुवित्त वित्तीय संस्था रहने गरी स्वीकृति दिएपछि तत्कालिन सबैको लघुवित्त वित्तीय संस्थाका ९० वटै शाखा प्रमुख, व्यवस्थापन तथा सञ्चालक समितिले असन्तुष्टि जनाएका थिए।मर्जर पुर्वको सहमतिभन्दा फरक पर्ने गरि राष्ट्र बैंकले मर्जर पश्चात बन्ने कम्पनीको नाम हुने गरी अन्तिम स्वीकृति दिएपछि नाम सच्याउनु पर्ने लगायतका केहि माग राखेर शाखा प्रमुख तथा कर्मचारीहरु एकसाथ आन्दोलनमा उत्रिएका थिए।

राष्ट्र बैंकले अन्तिम स्वीकृतिमा नाम सच्याएर मर्जर पश्चात बन्ने कम्पनीको नाम सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड नबनाएसम्म आफुहरुको आन्दोलन जारी रहने अडान उनीहरुको थियो । सो पश्चात् कम्पनीले आज गरेको निर्णय अनुसार आन्दोलनरत पक्षको सहमती भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*