बीमा अभिकर्ता र सर्भेयरले लाइसेन्स लिन र नविकरण गर्न कहिलेदेखि परिचयपत्र पेश गनुपर्छ ?

१४ असार २०८१, शुक्रबार १८:४१

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ता र सर्भेयरहरुको लागि जरुरी सूचना जारी गरेको छ।

बीमा प्राधिकरणले कम्पनीलाई एक परिपत्र जारी गर्दै बीमा अभिकर्ता र सर्भेयरलाई नयाँ दर्ता गर्दा होस् वा नविकरण गर्दा नागरिकताको सट्टामा राष्ट्रिय परिचय पत्र पेश गर्न निर्देशन दिएको हो।

आगामी माघ १ गतेदेखि लागू हुने गरी यो व्यवस्था कार्यान्वयन गर्न वा गराउन बीमा कम्पनीहरुलाई निर्देशन समेत दिएको छ।

यसअघि बीमा कम्पनीहरुमा अभिकर्ताहरुले नयाँ लाईसेन्स लिदाँ होस् वा नविकरण गर्दा नागरिकताको प्रयोग गर्ने प्रचलन रहेको थियो । नेपाल बीमा प्राधिकरणले राजस्व विभागको निर्देशन अनुसार माघ १ गतेदेखि लागू गर्न बीमा कम्पनीहरुलाई यस्तो परिपत्र जारी गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*