सम्पूर्ण बीमा कम्पनीको शेयरमूल्य घट्यो, कुनको कति ?

१५ असार २०८१, शनिबार ०७:३३

काठमाडौं । यो साता शेयर लगानीकर्ताहरुको लागि सुखद् रहन सकेन् । शेयर बजारमा कारोबार भएका अधिकांश उपसूचकहरुमा गिरावट आएसँगै लगानीकर्ताहरुले लाखौं रुपैयाँको लगानी गुमाउन पुगेका छन् र

साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार समग्र शेयर बजार ८.२४ अंकले घटेर २०५१.९२ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै बीमा क्षेत्रका लगानीकर्ताहरुले सस्तो मूल्यमा शेयर बिक्री गरेका छन् । यस दिन जीवन र निर्जीवन गरी सम्पूर्ण बीमा कम्पनीका शेयरमूल्यहरुमा गिरावट आएको छ ।

बिहीबार नेप्सेमा कारोबार भएको लाइफ इन्स्योरेन्स उपसूचक ९९.०१ अंकले घटेर ९८१८.३१ को विन्दुमा कायम भएको छ । उक्त दिन सम्पूर्ण जीवन बीमा कम्पनीहरुको शेयरमूल्य घटेको छ । सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक घटेको छ ।

त्यस्तै, निर्जीवन बीमा उपसूचकमा पनि गिरावट आएको छ । बिहीबार उक्त उपसूचक ७० अंकले घटेर १० ४२१ को विन्दुमा कायम भएको छ ।  निर्जीवन बीमा उपसूचकमा कारोबार भएका १२ मध्ये १२ वटै कम्पनीको शेयरमूल्य घटेको छ । जसमा नेको इन्स्योरेन्सको १.६३ प्रतिशतले सर्वाधिक घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*