नेपालीले अब भारत र भुटानमा गएर क्यूआर मार्फत मासिक १ लाख भारतीय रुपैयाँसम्मको भुक्तानी गर्न पाउने

१४ असार २०८१, शुक्रबार १७:५८

काठमाडौं ।  नेपालीले अब भारत र भुटानमा गएर क्यूआर मार्फत मासिक १ लाख भारतीय रुपैयाँसम्मको वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सक्ने भएका छन् ।

बिहीबार नेपाल राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्ने संस्थालाई जारी गरेको एकीकृत निर्देशिकामा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले क्यूआर लगायत विद्युतीय माध्यमबाट विदेशी मुद्रामा हुने अन्तरदेशीय रिटेल पेमेन्ट अन्तर्गतको मर्चेन्ट पमेन्टको भुक्तानी प्राप्ति र भुक्तानी जारी गर्न सक्ने व्यवस्था गरेको छ ।

भुक्तानी प्रणाली विभागले उक्त व्यवस्था नगर्दै नेपालमा भुक्तानी प्रणाली सञ्चालकहरूले भुक्तानी प्राप्त गर्न सुरु गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*