दुई ठूला बीमा सम्मेलनको तयारीमा प्राधिकरण, अन्तराष्ट्रिय सम्पर्क समिति बनाए काम थालियो

रिना खत्री
१४ असार २०८१, शुक्रबार १६:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक बर्ष २०८१/८२ मा दुई भव्य अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ।बीमा प्राधिकरणले सर्वप्रथम पहिला एशियन मुलुकका बीमा नियमनकारी निकायहरुको सम्मेलन गर्ने भएको छ । आगामी अक्टोबर (असोज–कात्तिक)मा प्राधिकरणले राजधानीमा एसियन मुलुकका बीमा नियामक निकायहरुको सम्मेलन गर्ने भएको हो।

दोस्रोमा म्युनिख रि, जीवन र निर्जिवन बीमक संघको पहलमा आयोजना हुन लागेको कार्यक्रम कात्तिक ५ गतेदखि ९ गतेसम्म हुने भएको छ।

बीमा प्राधिकरणका निर्देशक, उपनिर्देशक र सहायक निर्देशकहरुलाई अन्तराष्ट्रिय सम्मेलनको समन्वयको लागि प्रवक्ता सुशील सुवेदीले मनोनित पत्र दिएका छन् ।यी दुबै अन्तराष्ट्रिय सम्मेलन नितान्त फरक हुन् । पहिलो एशियन मुलुकहरुको नियमनकारी निकायहरुसँग हुन लागेको सम्मेलनमा बीमा क्षेत्रको नियामनकारी निकायहरुको हुनेछ । जसमा अन्तरदेशको पोलिसी लेभलको बिषयमा छलफल हुनेछ ।

दोस्रो म्यूनिक रि र बीमक संघ र प्राधिकरणको सहभागी हुनेछ । जसमा नियमनकारी निकायदेखि सरोकारवाला निकायसम्म सहभागी भएर कमिटि गठन गरेर समावेशी बीमाको प्रभावकारीताको बिषयमा बीमाको बिशेष सेसन हुनेछ ।आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममार्फत प्राधिकरणले सम्मेलन गर्ने बिषय समेटिसकेको छ। दुबै कार्यक्रमको भेन्यूसमेत तय भईसकेको छ।

बीमा क्षेत्रको नियमनकारी निकायहरुको सम्मेलन

एशियन मुलुकका बीमा नियमनकारी निकायहरुको सम्मेलन का लागि प्राधिकरणको हालै सम्पन्न बोर्ड बैठकले आगामी आवको नीति तथा कार्यक्रम पारित गरेको छ । सोही नीति तथा कार्यक्रममा आगामी अक्टोबर महिनामा नेपालमा उक्त कार्यक्रम गर्ने तय गरिएको हो।कार्यक्रममा नियमनकारी निकायका प्रमुख लगायतका उच्च पदस्थ अधिकारीहरुको उपस्थीति हुनेछ । अहिले एसिया महादेशमा नेपालसहित ४८ देशहरु छन् । उक्त देशमा रहेका बीमा क्षेत्रको नियामक निकायहरुलाई सम्मेलनमा उपस्थीति गराउने उद्देश्य लिइएको छ ।

यसपाली एसियन नियामक निकायहरुको सम्मेलन गर्ने पालो नेपालको थियो । सोहीअनुसार सम्मेलन आयोजन गर्न लागिएको प्राधिकरणका उप–निर्देशक पुनम ज्ञवाली श्रेष्ठ बताँउछिन् । नेपालमा यस्तो सम्मेलन हुन लागेको पहिलो पटक हो ।उनले भने, ‘हालै सम्पन्न बोर्ड बैठकले आगामी आवको नीति तथा कार्यक्रम पारित गरेको छ । त्यसमा एसियन मुलुकका नियामक निकायहरुको काठमाडौंमा सम्मेलन गर्ने कार्यक्रम पनि रहेको छ । आगामी अक्टोबरमा यो कार्यक्रम हुन्छ ।’

आगामी नोभेम्बर महिनामा समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने कार्यक्रम पनि आगामी आवको नीति तथा कार्यक्रममा समावेश भएको छ ।

यस्तै, प्राधिकरणले बीमित हित संरक्षण कोष स्थापना गर्ने नीति पनि ल्याएको छ । यो सहित बीमा क्षेत्रको विकास गर्ने, बीमा पहुँच र साक्षरता बढाउनेलगायतका नियमित कार्यक्रमलाई पनि आगामी आवको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

अल्पविकसित र गरीब मूलुकहरूमा कन्फ्रेन्स

म्युनिक रि, प्राधिकरण र बीमक संघसँगको संयुक्त रुपमा ल्याउन लागेको वर्ष अल्पविकसित र गरीब मूलुकहरूमा कन्फ्रेन्स पनि यो बर्ष नै तय भएको छ।अघिल्लो आर्थिक बर्षमा घानामा सम्पन्न यो कार्यक्रमले गत बर्ष नै नेपालमा कार्यक्रम गर्ने तय गरेको थियो । सो आधारमा नै आगामी आर्थिक बर्षमा नेपालमा तय गरिने भएको हो ।

म्युनिक रिले हरेक वर्ष अल्पविकसित र गरीब मूलुकहरूमा कन्फ्रेन्सहरू गर्ने गरेको हुन्छ ।नेपालमा यो सम्मेलन कात्तिक ५ देखि ९ गतेसम्म हुन्छ । यसमा म्युनिख रि, माइक्रो इन्स्योरेन्स नेटवर्क र बीमक संघ र प्राधिकरणको सहकार्यमा आयोजना हुन लागेको हो ।
यो कार्यक्रममा ५० भन्दा बढी देशहरू सहभागी हुनेछन् । यसमा पाँच वटा कमिटी बनेको छ ।

एउटा स्थानीय आयोजक कमिटी अर्काे सूचना प्रविधि लजिष्टिक यातायात व्यवस्थापन भन्ने कमिटी रहेको छ ।अर्काे विज्ञ तथा प्रायोजक व्यवस्थापन कमिटी, बजारीकरण प्रचारप्रसार तथा मनोरन्जन व्यवस्थापन र अनुगमन मूल्याङ्कन कमिटी छ ।यी सबै कमिटिमा प्राधिकरणको एकएक जना व्यक्ति र जीवन, निर्जीनव, लघु र पुनर्बीमा कम्पनीका एक एक जना व्यक्तिहरू छन् । यी कमिटीमा करीब ४ सय जना विदेशी नागरिक सहभागी हुने अनुमान गरिएको छन् ।

यसको प्रमुख उद्देश्य समावेशी बीमाको प्रभावकारी अध्ययन गर्नु हो । आईसीआईआई २०२४ मा पनि योसम्बन्धी विषयको जानकारी पाउन सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*