आपसी सहमतिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको नेतृत्व परिवर्तन

१४ असार २०८१, शुक्रबार १५:०८

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको सञ्चालक समिती र पूर्व सिईओ बिजय बहादुर शाहबीच आपसी सहमति अनुसार नै नेतृत्व परिवर्तन भएको कम्पनीले स्पष्ट पारेकोछ । कम्पनीका अनुसार २०८१ आषाढ १२ गतेको सञ्चालक समितिको निर्णयले २०८१ आषाढ १३ देखि लागू हुने गरी बिजय बहादुर शाह कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदबाट पदमुक्त भएका हुन् । आषाढ ११ गते बसेको सञ्चालक समितिको बैठकमा तत्कालिन सिईओ र सञ्चालक समितिका बीचमा भएको सहमति अुनसार नै पदमुक्त गरिएको कम्पनीले जनाएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले बिजय बहादुर शाहको नेतृत्वमा कम्पनीे निर्जीवन बीमा उद्योगको ईतिहासमै पहिलो पटक मर्जर गराउन सफल भएको र शाहका योगदानहरूका लागि सदैव आभारी रहने कम्पनीले सूचनामा उल्लेख गरेको छ ।

कम्पनीले नयाँ कार्यबाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी नायव प्रमूख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठले अर्को व्यवस्था नभएसम्मको लागि प्रमुख कार्यकारी अधिकृतको समेत जिम्मेवारी सम्हाल्ने जानकारी गराएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*