माघ १ गतेदेखि बीमा कारोबार, अभिकर्ता, सर्भेयरको दर्ता र नविकरणको लागि नागरिकताको सट्टामा परिचय पत्र पेश गनुपर्ने

१४ असार २०८१, शुक्रबार १५:०६

काठमाडौं ।नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी कारोबारको लागि अनिवार्य परिचय पत्र पेश गर्न निर्देशन दिएको छ।बीमा प्राधिकरणले जीवन निर्जिवन र लघुबीमा कम्पनीहरुलाई बीमा कारोबार गर्दा अनिवार्य गर्दा परिपत्र अनिवार्य समावेश गर्न निर्देशन दिएको हो ।

आगामी माघ १ गतेदेखि लागू हुने गरि सबै प्रकारका बीमा कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न एक परिपत्र जारी गर्दै बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो ।

प्राधिकरणले नयाँ बीमालेख, बीमालेखको नवीकरण, बीमालेख ऋण, बीमालेख समर्पण, बीमा दाबी भुक्तानीलगायत सबै किसिमका बीमा कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न पनि निर्देशन दिएको हो ।

साथै प्राधिकरणले बीमा कम्पनीहरुको मध्यस्कर्ताको दर्ता र नविकरणको लागि पनि परिचय पत्र अनिवार्य गरिएको परिचयपत्रमा उल्लेख गरिएको छ ।

यसका अतिरिक्त प्राधिकरणले राष्ट्रिय परिचयपत्रको कार्यान्वयनका लागि बीमकले आवश्यक प्रचारप्रसार,आन्तरिक कार्यविधि निर्माण, सम्बन्धित फाराम संशोधनलगायतका कार्य तत्कालै गर्न आग्रह समेत गरेको छ। नागरिकताको प्रमाणपत्रको सट्टामा राष्ट्रिय परिचयपत्रको प्रमाणपत्र स्वीकार गर्न पनि निर्देशन दिइएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*