डा. भट्टराईको नेतृत्वमा नेपालमै पहिलोचोटी मिनिमल्ली इनभासिभ प्रविधिद्वारा मुटुको माइट्रल भल्व परिवर्तन

१४ असार २०८१, शुक्रबार १२:४१

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियो–थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पहिलोचाटी मिनिमल्ली इनभासिभ प्रविधिद्वारा माइट्रल भल्व परिवर्तन गरिएको छ । पछिल्लो एक दशकदेखि मनमोहन सेन्टरमा मिनीमल्ली इनभाजिभ कार्डियाक सर्जरी गर्दै आएकोमा काखी मुनी प्वाल पारेर माईट्रल भल्व परिवर्तन गरिएको यो नेपालमै पहिलोपटक भएको हो ।

मनमोहन सेन्टरका सिटिभिएस विभागीय प्रमुख डा. अनिल भट्टराईको नेतृत्वमा उक्त शल्यक्रिया सम्पन्न भएको हो । एकजना ५३ वर्षीया महिलाको काखीमा सानो प्वाल पारेर गरिने मुटुको सल्यक्रिया (राईट एक्जिलरी मिनिथोराकोटोमी) विधिद्वारा माइट्रल भल्व परिवर्तन गरिएको हो । शल्यक्रियापश्चात् विरामीको अवस्था सामान्य रहेको र छिट्टै डिस्चार्ज गर्ने तयारीमा रहेको डा. भट्टराईले बताए ।

विश्वस्तरीय सेवा आफ्नो अस्पतालबाट दिन सकेकोमा अस्पतालका कार्यकारी निर्देशक डा. रत्नमणि गजुरेलले खुशी व्यक्त गरेका छन् । उक्त प्रविधिको फाईदा विरामी छिटो निको हुने, कस्मेटिक रूपमा उत्तम, शल्यक्रियापश्चात् हुने जोखिम कम र अस्पतालको बसाँईपनि छोटो हुने भएकाले विरामीको लागि यो विधि लाभदायी मानिन्छ ।

डा. भट्टराईको नेतृत्वमा सम्पन्न भएको उक्त शल्यक्रियामा डाक्टरत्रय प्रभात खकुराल, रवि बराल र समिर यादव संलग्न थिए । यस्तै, एनेस्थेसियामा डाक्टरहरू विश्वास प्रधान, विभुस श्रेष्ठ र अर्जुन गुरुङ संलग्न थिए भने प्रफ्युजनिष्टको रूपमा महेन्द्र भट्टको योगदान रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*