सामुदायिक विद्यालयलाई सिटिजन्स बैंकको सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कैलालीको अत्तरीयास्थित श्री सु.प. समावेशी आधारभूत विद्यालयलाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई २० वटा फ्यान उपलब्ध गराएको हो ।
उक्त विद्यालय शारीरिक रूपमा अपांगता भएका बालबालिकाहरूलाई आवासीय रूपमा राखेर अध्यापन गराउने सुदूरपश्चिम प्रदेशको एक मात्र विद्यालय हो । प्रतिदिन बढ्दै गएको गर्मीबाट पठनपाठन र दिनचर्यामा परेको असरलाई केही हदसम्म भएपनि न्यूनिकरण गर्ने उद्देश्यले फ्यान प्रदान गरिएको बैंकले जनाएको छ ।
यस प्रकारको सहयोगबाट विद्यार्थीहरूलाई गर्मीको मौसममा दैनिक क्रियाकलाप गर्न र पठनपाठनमा सहजता पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको छ ।
बैंकले देशैभरी फैलिएका आफ्ना १९३ वटा शाखा, १५६ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाईबाट १७ लाख ६० हजार ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।