अनलाईन ठगीधन्दामा कनेक्ट आईपिएसको दुरुपयोग, संसदमा उठ्यो कनेक्ट आईपिएसको क्षमतामाथि प्रश्न

१४ असार २०८१, शुक्रबार ११:५५

काठमाडौं । विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी कनेक्ट आईपिएस अनलाईन ठगी धन्दामा सहयोगी भूमिका देखिएको भन्दै प्रतिनिधिसभाका सांसदहरुले सो कम्पनीमा कार्यरत कर्मचारीहरु तथा जिम्मेवार पदाधिकारीहरुलाई कारवाही गर्न माग गरेका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद असिम शाहले कनेक्ट आईपिएसको खाता प्रयोग गरी विद्युतीय ठगीधन्दा, अनलाईन जुवाको भुक्तानी भइरहँदा समेत कम्पनीका जिम्मेवार अधिकारीहरु टुलुटुलु हेरेर बसिरहेको आरोप लगाउँदै जनताको पैसाको सुरक्षाको जिम्मा लिनुपर्नेमा गैर जिम्मेवार बनेको आरोप लगाए ।

सांसद शाहले वानएक्सबेट नामक प्रतिबन्धित वेभसाईटमार्फत खुल्लेआम अनलाईन जुवाको धन्दा चलिरहेको र सो अबैध कार्यमा कनेक्ट आईपिएसको दुरुपयोग भइरहेको आरोप लगाए । नेपालमा प्रतिबन्धित अनलाईन जुवाको ठगी धन्दामा कनेक्ट आईपिएस प्रयोग हुनु दुर्भाग्यपूर्ण रहेको भन्दै यसमा संलग्न व्यक्तिहरुमाथि कारवाही हुनुपर्ने बताए ।

सांसद शाहले कनेक्ट आईपिएसले चाहेमा अनलाईन जुवाको भुक्तानी रोक्न सक्ने भएपनि नरोकिएको बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । स्मरणरहोस्, यसअघि पनि संसदमा कनेक्ट आईपिएसबाट सर्वसाधारण ठगिएकोले कारवाही हुनुपर्ने माग उठ्दै आएको छ ।

उता, कनेक्ट आईपिएसका सिईओ निलेशमान सिंह प्रधानसँग संसदमा उठेको विषयमा जिज्ञाशा राख्दा कुनै जवाफ दिएनन् । त्यसो त कनेक्ट आईपिएसका सिईओ निलेशमान सिंह प्रधानले भारतसँग राष्ट्रघाती सम्झौता गरी असुरक्षित अन्तरदेशीय भुक्तानी सम्बन्धी कारोबार खुल्ला गरेका थिए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*