एनआइसी एशिया लघुवित्तको अध्यक्षमा प्रकाश राज शर्मा चयन

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सञ्चालक प्रकाश राज शर्मा चयन भएका छन् । कम्पनीका पूर्व अध्यक्ष सुवर्ण पौडेलको राजिनामा स्वीकृत भएपश्चात रिक्त रहेको उक्त पदमा सर्वसाधारण समुहतर्फबाट प्रतिनिधित्व गर्दै आएका शर्मालाई अध्यक्षमा सर्वसम्मतीले चयन गरेको छ । कम्पनीको असार १३ गते साझ ६ बजे बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा शर्मालाई चयन गरेको हो ।