राष्ट्रिय योजना आयोगका उपाध्यक्षद्वारा अर्थमन्त्री पुनलाई असहयोग, राजीनामा दिन लागेका हुन् ?

१४ असार २०८१, शुक्रबार ११:१४

काठमाडौं । पछिल्लो केही समयदेखि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठले अर्थमन्त्री वर्षमान पुनलाई असहयोग गर्दै आइरहेका छन् । उपाध्यक्ष डा. श्रेष्ठले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती गर्ने मात्रै विषय नभएर बजेटमा समेत अर्थमन्त्रीलाई पर्याप्त सहयोग नगर्दा काइते बजेट बन्न पुगेको थियो । जसका कारण अर्थमन्त्री दोबाटो, चौबाटो र संसद जताततै गाली खाइरहेका छन् ।

बजेट घोषणा गरेकै दिनदेखि गाली खान थालेका अर्थमन्त्री पुनले असार १४ गतेसम्म आईपुग्दा पनि गाली खाने क्रम जारी नै छ । अर्थमन्त्री पुनले गाली खाइरहँदा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठले भने आनन्दसँग पदमा रमाइरहेका छन् ।

माओवादीभित्र अत्यन्तै न्यून बुद्धिजीवी, त्यसमाथि पनि आर्थिक विज्ञको चर्को अभाव छ । माओवादीका एक मात्र आर्थिक विज्ञ डा. श्रेष्ठले अर्थमन्त्री पुनलाई असहयोग गरेको तथ्य बजेटमै स्पष्ट देख्न सकिन्छ । बजेटमा कुनै नारा समेत छैन । नयाँ योजना, नीति तथा कार्यक्रम नहुनु, गरिब र न्यून आय भएका जनताको पक्षमा बजेटमा एक शब्द पनि उल्लेख नहुनुले अर्थमन्त्रीलाई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठबाट असहयोग भइरहेको तथ्यहरुले पुष्टी गर्दछ ।

पछिल्लो पटक नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीमा समेत अध्यक्ष डा. श्रेष्ठले अर्थमन्त्री पुन र प्रधानमन्त्री प्रचण्डलाई अप्ठेरो पारिरहेका छन् । जसले नियुक्त गर्यो उसैलाई अप्ठेरो पार्दै आएका डा. श्रेष्ठ पछिल्लो समय राजिनामा दिने भन्दै हिडिरहेका छन् । स्रोतका अनुसार उनलाई राजिनामा गर्न केही माओवादी नेताहरुले सुझाव समेत दिइसकेका छन् । बजेटमा विज्ञता नदेखिनुमा त्यसको अपजसको भारी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थ सचिव सहितका पदाधिकारीहरुमा आएको छ ।

उता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठले राजिनामा दिन लागेको चर्चा राजनीतिक वृत्तमा व्यापक चर्चा भइरहेको छ । बीमापोष्टको सम्पर्कमा आएका एक माओवादी सांसदले समेत राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठले सरकारलाई विवादमा पारेकोले तत्कालै राजिनामा दिनुपर्ने बताए । माओवादी उच्च स्रोतका अनुसार अर्थमन्त्रीसँग सहज सम्बन्ध बनाउन नसकेपछि पदमा बसिरहनु कुनै अर्थ छैन भन्ने स्पष्ट सन्देश डा. श्रेष्ठलाई दिइसकिएको छ ।

‘राजिनामा गर्न लाग्नु भएको हो र ?’ भन्ने जिज्ञाशा राख्दा डा. श्रेष्ठले कुनै जवाफ फर्काएनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*