लाभांश बुझिलिन सानिमा माई हाइड्रोपावरको आग्रह

१४ असार २०८१, शुक्रबार ०७:३२

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडल लाभांश रकम बुझिलिन आग्रह गरेको छ । कम्पनीको विभिन्न साधारण सभाहरूबाट पारित लाभांश बुझ्न बाँकी शेयरधनीहरूलाई यथाशीघ्र बुझिलिन कम्पनीले आग्रह गरेको हो ।

सम्बन्धित शेयरधनीहरूले काठमाडौंको नक्सालस्थित कम्पनीको शेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेडमा सम्पर्क गरी लाभांश बुझिलिन सक्नेछन् । हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरूले यथाशीघ्र गराई आफ्नो लाभांश प्राप्त गर्न समेत कम्पनीले भनेको छ ।

साथै अझैसम्म पनि हितग्राही खाता नखोलेका शेयरधनीहरूलाई तुरून्त खाता खोली बैंक खाता नम्बर अद्यावधिक गराई लाभांश बुझिलिन समेत कम्पनीले आग्रह गरेको छ । तोकिएको म्यादभित्र शेयरधनीहरूले लाभांश बुझि नलिएमा सम्बन्धित शेयरधनीको लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*