हिमालयन रि र नेपाल फाइनान्सको सर्वाधिक कारोबार
१३ असार २०८१, बिहीबार १५:०८
काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार समान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ८.२४ अंकले घटेर २०५१.९२ को विन्दुमा कायम भएको छ ।
बिहीबार पनि नेपाल फाइनान्सको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । कम्पनीको आज ९२९ रुपैयाँका दरले २२ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । साथै, हिमालयन रि इन्स्योरेन्सको २१ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज युनाइटेड आइडीआई आरबि हाइड्रोपावरको १२ करोड रुपैयाँ, पोखरा फाइनान्सको आठ करोड ७८ लाख रुपैयाँ, जानकी फाइनान्सको सात ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।