घट्यो शेयर बजार, १० उपसूचक राताम्य हुँदा खुम्चियो कारोबार

१३ असार २०८१, बिहीबार १५:०६

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन पनि शेयर बजार ओरालो लागेको छ । बजारले दोहोरो अकंको ओरालो यात्रालाई निरन्तरता दिएको हो । लगानीकर्ता अब मौद्रिक नीतिको प्रतिक्षामा रहेका छन् । मौद्रिक नीतिले केहि शेयर बजारलाई बाधा गर्ने नियम फुकुवा हुने आश लगानीकर्तामा रहेको छ ।

बैंकको ब्याजदर समेत घटी रहेको अर्थतन्त्र समेत लयमा आइरहेको बेला मौद्रिक नीतिले लगानीकर्तामैत्री नीति ल्याए मार्केटले नयाँ लय लिने अपेक्षा लगानीकर्ताको रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२४ अकंले घटेर २०५१.९२ बिन्दुमा बन्द भएको छ ।

बजार ओरालो लागेसँगै कारोबार रकम समेत घटेको छ । आज ३३३ कम्पनीको ८९ लाख १ हजार १९५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार रुपैयाँको शेयर कारोबार भइरहेको छ ।

बिहिबार १० उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.४३ प्रतिशत, फाइनान्स समूहको २.२३ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.५१ प्रतिशत, हाइड्रोपावर समूहको ०.४५ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.२० प्रतिशतले घटेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*