४०१ किलोमिटर रेञ्ज दिने केइको ‘एक्स–३ प्रो’को बुकिङ खुला, कति पर्छ मूल्य ?

१३ असार २०८१, बिहीबार १४:४६

काठमाडौँ । केई मोटर्सको आधिकारीक वितरक लक्ष्मी ई–मोविलिटी प्रालिले केईको इलेक्ट्रिक एसयूभी एक्स–३ प्रोको बुकिङ खुला गरेको छ । कम्पनीले काठमाडौंको भाटभटेनीमा सुविधासम्पन्न शोरूम निर्माण गरेर सञ्चालनमा ल्याएसँगै बुकिङ खुला गरेको हो ।

सुरूमा एक्स–थ्री प्रो मोडल दुई भेरियन्टमा बुकिङ खुला गरिएको छ । अहिले केर्ई एक्स–३ प्रोको डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध हुनेछ । इन्टोडक्टरी प्राइसको हिसावले डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रूपैयाँ रहनेछ ।

कटिङ एज टेक्नोलोजी, स्लीक डिजाइन र उत्कृष्ट पर्फमेन्स दिनसक्ने एक्स–३ प्रो मोडल कम्प्याक्ट एसयूभी सेग्मेन्टमा शान्दार मोडल बन्ने कम्पनीले विश्वास लिएको छ । यसमा ५३।६ किलोवाट आवर क्षमताको लिथियम आयोन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क २८० एनएम छ ।

सीएलटीसीका अनुसार यसले सिंगल चार्जमा ४०१ किलोमिटर रेन्ज दिनेछ । यसलाई ७ किलोवाट क्षमताको एसी चार्जरले ८ घन्टामा फुल चार्ज गर्न सकिन्छ । साथै, १०० किलोवाटसम्मको चार्जर सपोर्ट गर्ने एसयूभीलाई ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउने एक्स–३ प्रो मोडलको लम्बाई ४४०० मिलिमिटर, चौडाई १८३१ मिलिमिटर र उचाई १६५३ मिलिमिटर रहेको छ । ५ सिट क्षमताको एसयूभीमा २६३२ एमएम लामो ह्वीलवेस रहनेछ । यसको अगाडि म्याकफेर्सनको इन्डिपेन्डेन्ट सस्पेन्स प्रयोग भएको छ । पछाडि भने मल्टी लिङ्क इन्डिपेन्डेन्ट सस्पेन्स दिइएको छ । यसमा १८३ एमएमको ग्राउन्ड क्लियरेन्स छ । ग्राहकले यसमा विभिन्न ५ कलर अप्सन पाउनु हुनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*