एलआईसी नेपालको २२औं वार्षिक साधारण सभा सम्पन्न, आउँदो दिनमा उचित प्रतिफल दिने सीईओको प्रतिवद्धता
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको हो ।
सभाले गत आवको वार्षिक प्रतिवेदन अनुमोदन गर्ने, नाफा नोक्सान, तथा नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक प्रणय कुमारले आउँदो दिनमा शेयरधनीहरुलाई कम्पनीको क्षमता अनुसारको प्रतिफल दिने प्रतिवद्धता जनाएका छन् ।
साथै, उनले अभिकर्ताहरु भनेको कम्पनीको मेरुदण्डको रुपमा रहेका र उहाँहरुको सेवा सुविधामा सेमत बढोत्तरी गर्ने बताए ।
सभा प्रयोजनार्थ कम्पनीले जेठ ३२ गते एक दिन बुक क्लोज गरिसकेको गरेको थियो। यसका आधारमा जेठ ३१ गतेसम्म कायम शेयरधनीहरू मात्रै सभामा भाग लिएका थिए ।