एनएमबि लघुवित्तका अध्यक्ष मधुसुधन अधिकारीले दिए राजिनामा
१३ असार २०८१, बिहीबार १०:४९
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष डा. मधुसुधन अधिकारीले राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाई अध्यक्ष तथा स्वतन्त्र सञ्चालक पदबाट राजिनामा दिएका हुन् ।
कम्पनीको असार १२ गते बसेको ११६ औं सञ्चालक समितिले अधिकारीको उक्त राजिनामा स्वीकृत गरेको छ ।