हिमालयन एभरेष्टको कामु सिईओ बनिन् अञ्जु श्रेष्ठ

१२ असार २०८१, बुधबार २२:३२

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारी अञ्जु श्रेष्ठले पाएकी छिन् । लामो समयदेखि निर्जीवन बीमा क्षेत्रमा योगदान पुर्याएकी श्रेष्ठ हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा लामो समयदेखि विभिन्न पद हुँदै पुनर्बीमा काम गर्दै आएकी थिईन् ।

सञ्चालक समितिको निर्णय अनुसार अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले सिईओ बिजय बहादुर शाहलाई बर्खास्त गरी हाल डेपुटी सिईओ पदमा कार्यरत अञ्जु श्रेष्ठलाई कामु सिईओको जिम्मेवारी तोकिएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले भोलि असार १३ गतेदेखि लागू हुने गरी डेपुटी सिईओ अञ्जु श्रेष्ठलाई कामु सिईओको जिम्मेवारी तोकेको हो ।

अध्यक्ष श्रेष्ठद्धारा हस्तारित पत्रमा नयाँ सिईओ छनौट कार्य छिट्टै सुरु हुने समेत उल्लेख छ ।

2 thoughts on “हिमालयन एभरेष्टको कामु सिईओ बनिन् अञ्जु श्रेष्ठ

  1. उमेश प्रधान says:

    बधाई छ अन्जु दिदी

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*