हिमालयन एभरेष्ट इन्स्योरेन्सका सिईओ बिजय बहादुर शाह बर्खास्त

१२ असार २०८१, बुधबार २१:५६

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाह बर्खास्तमा परेका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले भोलि असार १३ गतेदेखि लागू हुने गरी सिईओ शाहलाई बर्खास्त गरेको हो ।

हिजो बसेको सञ्चालक समितिको बैठकमा सामान्य विवाद उत्पन्न भएपछि बैठक नै छोडेर हिडेका थिए । सञ्चालक समितिको बैठकमा अपमान गर्दै बैठक नै छोडेर हिडेपछि सञ्चालक समिति सिईओ शाहसँग असन्तुष्ट बनेका थिए ।

तीन दिन अघि अमेरिकाबाट नेपाल आएका सिईओ शाह हिजोको सञ्चालक समितिको बैठकमा विवाद गरेर हिडेकोमा आज दिनभर कार्यालय फर्केनन् । दिनभर कार्यालय फर्कने आशामा रहेको सञ्चालक समितिले सम्पर्क गर्दा समेत वेवास्ता गरेपछि साँझ बर्खास्त गरेको हो ।

शाहले कम्पनीभित्र केही गडबढी गरेपछि सञ्चालक समितिले चर्को दवाव दिइरहेको थियो । सोही क्रममा अमेरिका गएका थिए । १५ दिनको विदामा अमेरिका गएर शाह ढिलो गरी फर्केका थिए ।

यसअघि एनएलजी इन्स्योरेन्समा सञ्चालक समितिसँग विवादमा परेर हटाइएका थिए । सो सम्बन्धी मुद्दा अझै विचाराधिन नै छ । त्यसपछि नेपाल इन्स्योरेन्स हुँदै हिमालयन जनरल इन्स्योरेन्स कम्पनीमा सिईओ बनेका शाह मर्जरपछि एकीकृत कम्पनीको सिइओ बनेका थिए । अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले सिईओ शाहलाई बर्खास्त गरिएको पत्र इमेलमार्फत पठाईदिएका छन् ।

सिईओ शाहको पदावधी करिब दुई वर्ष बाँकी थियो ।

One thought on “हिमालयन एभरेष्ट इन्स्योरेन्सका सिईओ बिजय बहादुर शाह बर्खास्त

  1. Kk Puri says:

    Bima industry bhastachar ko adda ho kaha x aktiyar ko dgayan

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*