धितोपत्र बोर्डमा घुस काण्ड फेरि सुरु, पौने दुई अर्ब विद्युत बक्यौता भएको रिलायन्स स्पीनिङको आईपीओलाई अनुमति

१२ असार २०८१, बुधबार १७:५६

काठमाडौं । अर्थमन्त्रालयबाट कामु अध्यक्ष बन्न गरेका सह–नरेन्द्र रानामगरले नेपाल धितोपत्र बोर्डमा पुनः घुस सेटिङ सुरु गरेका छन् । यसअघि रमेश हमालले काण्ड मच्चाए झै कामु अध्यक्षले पनि पौने दुई अर्ब बक्यौता भएको रिलायन्स स्पीनिङ मिल्सको बुक बिल्डिङ आईपिओलाई अनुमति दिने निर्णय गरेको हो ।
आजै बसेको बैठकबाट कामु अध्यक्ष रानाले घुस सेटिङको रिलायन्स स्पीनिङ मिल्सको बुक बिल्डिङ आईपिओलाई अनुमति दिइएको हो । यद्यपि सेबोनको वेभसाईटमा भने राखिएको छैन ।

नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइन प्रयोग गरी एक अर्ब ७५ करोड भन्दा बढि विद्युत महसुल बक्यौता रहेको थियो । सो बक्यौता असुल उपर नगरी आईपिओ निष्काशन नगर्न नेपाल विद्युत प्राधिकरणले गरेको आग्रहलाई अर्थबाट खटाइएका सह सचिव नरेन्द्र राना मगरले अस्वीकार गर्दै माफियासँगको सेटिङमा विवादित आईपिओ पास गरिदिएका छन् ।

कम्पनीले सर्वसाधारणका लागि ६० प्रतिशतले हुन आउने ११ लाख ५५ हजार ९६० कित्ता आइपीओ निष्काशन गर्ने अनुमति दिएको हो । प्रतिकित्ता आठ सय २० रुपैयाँ ८० पैसा दरले हुन आउने ९४ करोड ८८ लाख रुपैयाँ ११ हजार ९६८ रुपैयाँ बराबरको शेयर स्वीकृत भएका हुन् ।

जसमा प्रतिकित्ता ८ सय २० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनुपर्ने भएको छ । रिलायन्सले यस अघि नै संस्थागत लगानीकर्तालाई शेयर बाडँफाँट गरिसकेको छ । गत माघमा निष्कासन गरिएको शेयरको कट अफ प्राइस ९ सय १२ रुपैयाँ आएको थियो । त्यस बेला कम्पनीले ७ लाख ७० हजार ६ सय ४० कित्ताको लागि आवेदन माग गरेकोमा ११ लाख भन्दा बढीको शेयर माग हुन आएको थियो ।

रिलायन्स स्पीनिङ मिल्स पवन गोल्यानको कम्पनी हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*