वर्ल्डलिंकको करछली, पुँजी पलायन तथा विकृत सेवाको बिषयमा सरकारले एकैपटक छानबीन गर्दै

१२ असार २०८१, बुधबार १६:२८

काठमाडौं । वर्ल्डलिंकको करछली, पुँजी पलायन तथा विकृत सेवाको बिषयमा सरकारी अनुसन्धान निकायले एकसाथ छानबीन अघि बढाएका छन्। विभिन्न विषयमा खुलासा भएपछि राजस्व अनुसन्धानदेखि अख्तियारसम्मले छानबीन सुरू गरेका हुन्।

राजस्व अनुसन्धान विभागले विशेषगरी वर्ल्डलिंकको पुँजी पलायन र करछलीको विषयमाथि एकसाथ अनुसन्धान अघि बढाएको छ। नियमित प्रशासनिक इकाइले अनुसन्धान नगरेपछि विभागले छानबीन गर्दै आएको छ।

वैदेशिक मुद्राको अपचलन तथा पुँजी पलायनको विषयमा विभागले सिधै अनुसन्धान गर्दै आएको छ। पछिल्लो समय वर्ल्डलिंकले करछली, रोयल्टी ठगी र पुँजी पलायन गरेको विषय बाहिरिएपछि विभागले अनुसन्धान अघि बढाएको हो।

 

यसमा सबैभन्दा ठूलो विषय पुँजी पलायनको हो। वर्ल्डलिंकको ब्यान्डविथ खरिदका लागि विदेशमा भुक्तानी गर्दा अधिक बिजकीकरण गरेको खुलासा भएको थियो।

अन्तरदेशीय कारोबारमा शंकास्पद च्यानल बनाएर वर्षौंदेखि महँगोमा खरिद गरेको पाइएको थियो। तहगत बिलिङ गर्दै विदेशमा पुँजी पलायन र करछली एकसाथ गरेको पाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*