सिवाईसी लघुवित्त डुब्न लागेको भन्दै राष्ट्र बैंकमा उजुरी

१२ असार २०८१, बुधबार १६:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकमा सिवाईसी लघुवित्त वित्तीय संस्था डुब्न लागेको भन्दै उजुरी परेको छ।

लघुवित्तका बहालवाला अध्यक्ष पद्मनाथ शर्मा र निवर्तमान प्रबन्ध सञ्चालक डोलेन्द्र शर्माले मनलाग्दी गरेर लघुवित्त डुबाउन लागेको भन्दै उजुरी परेको हो । यो बिषयमा उजुरी संस्थापक शेयरधनीले नै दिएको हो ।

लघुवित्तले झुटो बिल पेश, अनियमितता गरेको र राष्ट्र बैंककै कर्मचारीहरुको समेत मिलेमतोको आरोप लगाएको छ।

साथै शेयरधनीले राजनितिक हस्तक्षेप समेत गरिएको उजुरी पत्रमा उल्लेख गरिएको छ ।

अनिवार्य महिला संचाल नियुक्ति, सञ्चालक र सिईओबाट बाहिरिएपनि हालसम्म लघुवित्तमा हस्तक्षेप गरिएको शेयरधनीको आरोप रहेको छ ।

साथै लघुवित्तले ऐन, नियम विपरित निमित्तको भरमा संस्था चलाएको आरोप पनि लगाएको छ।

१९ वटा नखोलिएका संस्था खोलेको भनेर खर्च देखाइएको छ ।

त्यस्तै सञ्चालक र प्रबन्ध सञ्चालक डोलेन्द्र शर्माले नगरेको भ्रमणलाई भ्रमण गरेको भनेर खर्च देखाइएको उजुरीमा उल्लेख छ। जसका कारण २०७९ बैशाखमा ९ करोड रुपैयाँ फाइदामा रहेको कम्पनी गत असारमा भने घाटामा गएको उजुरीपत्रमा उल्लेख छ।

One thought on “सिवाईसी लघुवित्त डुब्न लागेको भन्दै राष्ट्र बैंकमा उजुरी

  1. Rubi mehta says:

    Inaruwa

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*