धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिको बैठक सकियो, के आयो निष्कर्ष ?

१२ असार २०८१, बुधबार १५:३२

काठमाडौं। नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्ने वा नगर्ने विषयमा भएको छलफल सम्पन्न भएको छ। समितिका संयोजक आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ हुन् ।उक्त समितिमा भएको छलफल भने गोप्य राखेका छन् । यस बिषयमा बोर्डका अध्यक्ष सिफारिस समितिका कुनै पदाधिकारीले छलफलमा भएको बिषय भन्न भने चाहेनन्।

धितोपत्र बोर्डका अध्यक्षका लागि कानुनअनुसार प्रक्रिया मिलाएर तीन जना सिफारिस गर्नुपर्ने र त्यसो हुन नसके रद्द गर्न सकिने राय महान्यायाधिवक्ताको कार्यालयले दिएको छ । परेका आवेदनमध्ये तीन जना सिफारिस गर्नुपर्ने व्यवस्था ऐनमै रहेकाले बोर्ड अध्यक्षमा दुई जना मात्र सिफारिस गर्न नमिल्ने कार्यालयको राय छ । यसै बिषयमा छलफल गरिएको बुझिएको छ। तर यस बिषयमा स्वीकार भने समितका कुनै पदाधिकारीले गर्न चाहेनन् ।

महान्यायाधिवक्ता पोखरेलले धितोपत्र ऐनलाई देखाएर अध्यक्षमा २ जनाको मात्र नाम सिफारिस गर्न नमिल्ने र त्यसभन्दा बढी कति सदस्यको नाम सिफारिस गर्ने भन्नेबारे निर्णय गर्ने अधिकार समितिमा निहित रहेको राय गत सोमबार अर्थ मन्त्रालयलाई दिएका थिए ।ऐनमा अध्यक्षका लागि कम्तिमा तीन जनाकोउम्मेदावरको नाम सिफारिस हुनुपर्ने व्यवस्था रहेको छ।

अध्यक्षका लागि आवेदन दिएका १९ जनामध्येबाट समितिले ५ जनालाई सर्टलिस्ट गरी असार २ गते २ जनाको अन्तर्वार्ता लिएको थियो । सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले त्यसै दिन अन्तर्वार्ताअघि कार्ययोजना प्रस्तुत गरेका थिए । तीन जना भने अनुपस्थित भएका थिए ।

कार्की नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत, अधिकारी सेबोनका कार्यकारी निर्देशक र चापागाइँ नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष हुन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*