मुरारका ग्रुपको पशुपति आइरन एण्ड स्टिलले गर्यो एक वर्षमा चार अर्ब ६८ करोडको व्यापार
काठमाडौं । मुरारका ग्रुपको पशुपति आइरन एण्ड स्टिल प्रालिको व्यापारमा निरन्तर सुधार आइरहेको छ । कम्पनीले सन् २०२३ मा ४ अर्ब ६८ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो । जुन सन् २०२२ को तुलनामा ११.४९ प्रतिशतले बढी हो । कम्पनीले सन् २०२२ मा ४ अर्ब २० करोड २० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२१ मा २ अर्ब १९ करोड ९० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ४१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले पछिल्लो ९ महिना मात्र २ अर्ब २ करोड ९० लाख रुपैयाँको व्यापार गरेको इक्रा नेपालले जनाएको छ ।
कम्पनीले सन् १९८३ देखि आइरन तथा स्टिल उत्पादन उत्पादन गरी बिक्री गर्दै आएको छ । पशुपति आइरन नेपाली बजारमा प्रख्यात ब्रान्ड हो । कम्पनीले पशुपति ब्रान्डमा डण्डी उत्पादन र बिक्री गर्दै आएको छ । कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी नेपाली बजारमा टीएमटी बारको आपूर्ति गर्दै आएको छ । कम्पनीले विशेषगरी पिग आइरन, स्पन्ज आइरनजस्ता कच्चा पदार्थ भारतबाट आयात गरी डण्डी उत्पादन गर्दै आएको छ ।
कम्पनीमा अशोक मुरारका, प्रदिप मुरारका, पशुपति मुरारका र महेश मुरारकाको बराबर हिस्सा अर्थात् २५‑२५ प्रतिशत सेयर रहेको छ ।