प्रभु महालक्ष्मी लाइफको बीमालेख नवीकरणमा १००% सम्म छूट

१२ असार २०८१, बुधबार ०७:२१

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशतसम्म छूट दिने निर्णय गरेको छ । कम्पनीबाट जारी भई व्यतित भएका बीमालेखहरू असार १२ देखि २७ गतेसम्म नवीकरण गरेमा विलम्ब शुल्क (समुन्नती जीवन बीमा योजना बाहेक) मा छूट दिने निर्णय गरेको हो ।

कम्पनीले ५ वर्षभन्दा बढी अवधिदेखि व्यतित बीमालेखमा २० प्रतिशत छूट, ३ देखि ५ वर्ष अवधिसम्म व्यतित बीमालेखमा ५० प्रतिशत छूट र ३ वर्षभित्रको व्यतित बीमालेखमा १०० प्रतिशत छूट दिने जनाएको छ ।

साथै यस प्रकारको छूट बीमालेख अवधिभर एकपटक मात्र पाइने र छूट सुविधाको उपयोग गरी नवीकरण गरिएको बीमालेख दुई वर्षभित्र सरेन्डर गरेमा छूट कट्टा गरिन कम्पनीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*