यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
१२ असार २०८१, बुधबार ०६:३७
काठमाडौं । नेपाल राष्ट्र बैंकले असार १२ गतेका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । सोका अनुसार आज एक अमेरिकी डलरको खरीददर १३३.२० रुपैयाँ रहेको छ भने बिक्रीदर १३३.८० रुपैयाँ रहेको छ ।
एक यूरोपियन यूरोको खरीदका लागि १४२.७२ रुपैयाँ लाग्ने भएको छ भने बिक्रीका लागि १४३.३७ रुपैयाँ लाग्ने भएको छ । त्यसैगरी बेलायती पाउण्ड स्र्टलिङ्ग एकको खरीदमा १६९ रुपैयाँ र बिक्रीमा १६९.७७ रुपैयाँ लाग्नेछ ।
यस दिन एक कुवेती दिनारको खरीददर ४३४.४४ रुपैयाँ, बिक्रीदर ४३६.४० रुपैयाँ रहेको छ भने एक बहराईन दिनारको खरीदमूल्य ३५३.३५ रुपैयाँ र बिक्रीमूल्य ३५४.९४ रुपैयाँ निर्धारण गरिएको छ ।